मौन छन अचेल कविताहरु !

साहित्य

krishna-saragam

अचेल कविताहरु मौन छन,

अचेल मौनतामा कविता छैन,

कवितामा मौनता छैन,

देख्दा बोल्दैनन अचेल कविता,

बोल्दा लेख्दैनन अचेल कविता,

लेख्दा पढिदैन अचेल कविता,

त्यसैले त मौन छन अचेल कविताहरु !!

***

कविताहरु स्वांग लेख्दैनन,

स्वांगहरु कविता लेख्दैनन,

लूट र झूठहरु कविता लेख्दैनन,

लुट लुट्नै र झूठ सोच्नैमा व्यस्त छन,

भोग्नेहरु लेख्दैनन,भाग्नेहरु लेख्दैनन,

त्यसैले त मौन छन अचेल कविताहरु !!

***

हुँदा खानेहरु कविता लेख्दैनन,

हुनेखानेहरु कविता सुन्दैनन,

खाएको हेर्नेहरु कविता बुझ्दैनन,

देखाउन खानेहरु कविता गन्दैनन,

त्यसैले त मौन छन अचेल कविताहरु !!

***

कविताहरु देखेको बोल्छन,

बोलवालाको प्रतिकार गर्छन,

कविताहरु जे गर्यो त्यो सहन्नन,

कविताहरु अागो पिउँछन,

आक्रोश ओढ्छन र ईमान बचाउछन,

बेईमानहरु कविता चिन्दैनन,

ईमानहरु कविता बन्दैनन यहाँ,

त्यसैले त यार !

मौन छन अचेल कविताहरु !!

Post Comment