३ कात्तिक । प्रहरीले माओवादी केन्द्रको केन्द्रीय कार्यालय कोटेश्वर कब्जा गरेर धर्ना बसेको पूर्व लडाकुहरूलाई हटाएको छ ।
सानासाना बालबालिकासहित धर्नामा बसेका पूर्व लडाकुहरूलाई प्रहरीले आज बिहान नियन्त्रणमा लिएर हटाएको हो । हटाउने क्रममा प्रहरीले आफूहरूलाई अभद्र व्यवहार गरेको पूर्व लडाकुहरूले आरोप लगाएका छन् ।
उनीहरूले राज्यले आफूहरुमाथि लगाएको अयोग्यको बिल्ला हटाउनुपर्ने, आफूहरुलाई गणतन्त्र योद्धा घोषणा गरिनुपर्ने र जनमुक्ति सेनासरहको समान व्यवहार गर्नुपर्ने उनीहरुको माग गरेका छन् ।
पार्टी मुख्यालय घेराउ भएपछि माओवादी केन्द्रका नेताहरूलाई माग पूरा गर्न दबाब बढेको थियो ।
सोमबार दिउँसोबाट पूर्वलडाकुहरूले माओवादी केन्द्रको केन्द्रीय कार्यालय कोटेश्वरस्थित पेरिसडाँडाको मूल गेटममा ताला लगाएर धर्नामा बसेका हुन् ।