पोखरा हङकङ बजारमा आगलागीबाट ५ करोडको क्षती (फोटोफिचर)

समाज

२५ कार्तिक । पोखरा पृथ्वीचोक स्थित पोखरा हङकङ बजारमा बुधबार राति आगलागी भएको छ । राती १० बजे तिरबाट फैलिएको आगो करिब साढे तीन घण्टा पछि नियन्त्रण आएको थियो । आगोले २३ सटर र सामानमा पुर्ण क्षती पुगेको छ । आगलागीबाट करिब ५ करोडको क्षती पुगेको प्रहरीको भनाई छ । बजारको बीच भागको दोहोरो पंक्ति नै सखाप भएको छ ।
आगलागीबाट कस्मेटिक पसल, भाँडा पसल, कपडा पसल तथा जुत्ता पसलको एउटा पनि सामान कामै नलाग्ने गरी जलेका छन् । आगलागी भए लगत्तै वडा प्रहरी कार्यालय बैदाम, सशस्त्र प्रहरी कालिका गण मालेपाटन अग्नी नियन्त्रक टोली, नेपाली सेना फूलबारी व्यारेकबाट सुरक्षाकर्मी पुगेका थिए ।
pokhara-ko-hong-kong-bazar-ma-gay-rati-aaglagi-1
सशस्त्र प्रहरीका ३० जना र सेनाका २० जना आगो नियन्त्रणमा खटिएका थिए । सुरक्षा निकाय सहित स्थानी र दमकलको साहेताले आगोनियन्त्रणमा लिएको थियो । राती साढे १ बजे पछि मात्रै आगो नियन्त्रणमा आएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरिक्षक मोहन मणि अधिकारीले जानकारी दिए । मोबाईल पसलबाट आगो सुरु भएकाले विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने प्रहरीको अनुमान छ ।
pokhara-ko-hong-kong-bazar-ma-gay-rati-aaglagi-5

Post Comment