पोखरा, ६ कार्तिक । हरेक महिनाको अन्तिम शनिबार पोखराको र्यान्डम रिडर्स सोसाइटी अफ नेपालमा कृति माथि बहस तथा छलफल हुने गर्दछ । यस पालीको ६८औ श्रीङ्खलामा पत्रकार एबम लेखक जनकराज सापकोटाको कृति “कहर” माथि रोजगार प्रबर्द्दन बोर्डका पूर्व कार्यबाहक अध्यक्ष तथा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. गणेश गुरुङको अबधारणा पत्र सहित छलफल, बहस, एबम अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
उक्त अबसरमा कृति माथि आफ्नो अबधारणा राक्ने क्रममा डा गुरुङले “कहर” पुस्तकले बैदेशिक रोजगारको लागि बिदेशिन वाध्य भएका युवाहरुको दु:खको कथा लेखिएको बताउनु भयो । साथै बिदेशबाट नेपाली युवाहरुको लास दैनिक ४ वटा आउने गरेको तितो सत्य पनि बताउनु भयो ।
रेमीटेन्सले चलेको नेपाल भनियतापनी त्यस भित्र सामाजिक मनोबैज्ञानीक तथा परिवारका सदस्यमा परेको मनोबैज्ञानिक एबम भावनात्मक असरको बारेमा यो पुस्तकले समेटेको कुरा ब्यक्त गर्नु भयो । साथै यो पुस्तकमा बैदेशिक रोजगारका क्रममा नेपाली युवाहरुले भोग्नु परेको पिडा, ब्यथा, दु:ख, कस्तका बारेमा सबिस्तार चित्रण गरिएको छ भन्नुको साथै हरेक तेश्रो घरमा बैदेशिक रोजगारकोलागी युवा बिदेशीएको तथान्क प्रस्तुत गर्नु भयो । फ्री भिसा भनेर पत्र पत्रिकामा प्रकाशित भईरहदा पनि बैदेशिक रोजागारी ब्यबसायीहरुले प्रत्यक ब्यक्तीबाट लगभग ८० हजार ठगीरहेको तर यस बारे सरकार मौन रहेको कुरा बताउनु भयो । बैदेशिक रोजगारी गर्न जानु भन्दा अगाडि आफु जाने देशको बारेमा राम्रो सँग बुज्नु पर्ने साथै उक्त स्थानमा नेपालीको राजदुताबास कार्यलय छ छैन आदी बारे राम्रो सँग जानकारी लिनै पर्ने कुरा बताउनु भयो ।
यसै गरी “कहर” पुस्तकका लेखक पत्रकार सापकोटाले उक्त पुस्तक आसुले लेखिएको र पुस्तकसँग धेरै जनाको आसु र सबेदना जोडीएको कुरा बताउनु भयो । नेपालबाट दैनिक लगभग १५०० को हाराहारीमा युवाहरु बिदेश पलाएन भईरहेको अवस्था बारे चर्चा गर्नु भयो । साथै बैदेशिक रोजगारले बालबालिकाको मनोबिज्ञानमा नकरात्मक असार पारीरहेको र श्रीमती तथा परिवार सबै सदस्यहरुलाई भावनात्मक असार पुराइरहेको कुरा ब्यक्त गर्नु भयो । पैसा कमाउन ऋण काडेर छोरालाई बिदेश पठाएको तर छोराको लास मात्र फर्केर आउँदा त्यो परिवारलाई कस्तो भयो होला ? भन्ने भाबुक एबम सम्बेदनशिल बिषयमा पुस्तक लेखिएको कुरा बताउनु भयो । छोरा मरेर पनि लास नेपाल सम्म ल्याउदाको अर्को पिडालाई पनि लेखकले आफ्नो कहरमा समाबेश गरेको जानकारी दिनु भयो ।
उक्त कार्यक्रममा पोखरा उपमहानगर पालिकाका कार्यकारी अधिकृत नवराज ढुंगानाले आफु बैदेशिक रोजगार बिभागमा कार्य गर्दाको अनुभबहरु बताउने क्रममा राज्य नपुगेको ठाउमा बैदेशिक रोजगार ब्यबसायीहरु पुगेको कुरालाई राम्रो मान्न सकिए पनी नेपाली युवाहरु रोजगारीको लागि बिदेशिनुलाई देशकोलाई राम्रो नहुने बताउनु भयो ।
यस पटकको र्यान्डम रिडर्स सोसाइटीको कार्यक्रम अली फरक ढंगबाट सुरु गरियो । बैदेशिक रोजगारको क्रममा बिदेशमा मृत्यु भएका, लापता भएका परिवारको घरमा पुगी परिवारको सदस्यहरुको अवस्थालाई भिडियोमा खिचेर, उनिहरुले भोगीरहेको परेको पिडा ब्यथा दु:खहरुलाई उनिहरुको आवाजमा प्रोजेक्टर मार्फत देखाइयो । जुन द्रिश्यले कार्यक्रममा उपस्थित सबैलाई स्तब्द पारेको थियो । कतिपयको आँखामा आसु अाइरहेको थियो भने प्राय सबैले अनुहार मलिन पार्दै उक्त हृदयबिदारक द्रिश्यहरु हेरीरहेका थिय ।
उक्त कार्यक्रम र्यान्डम रिडर्स सोसाइटी अफ नेपालका अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा सम्पन भएको थियो भने कार्यक्रम सन्चालन सोसाइटीका सचिब रुपिन्द्र प्रभावीले गर्नु भएको थियो । साथै सोसाइटीका उपाध्यक्ष केशब शरण लामिछानेले स्वागत मन्तब्य दिनुको साथै अर्को श्रीङ्खालामा लेखिका रजनी ढकालको “नेपाली नारी लेखनको बर्तमान अवस्था” का बारेमा सोसाइटीमा छलफल एबम बहर गरिने जानकारी दिनु भयो ।
“कहर” पुस्तकको छलफलको क्रममा दिपक पराजुली, खिम बहादुर लामिछाने, बिष्णु बास्तोला, दीपेन्द्र अर्याल, अग्नी प्रसाद तिमील्सिना, भरत कोइराला, माया गुरुङ, निरज थापा, मिरा ढकाल, मुकेश अधिकारी आदिले आफ्ना जिज्ञासाहरु लेखक जनकराज सापकोटा तथा अबधारणा पत्र प्रुस्तुत कर्ता डा गणेश गुरुङ समक्ष राख्नु भएको थियो ।