पोखरामा कन्साई पेन्ट्सको अत्याधूनिक डिलर

अर्थ​

२९ कात्तिक । कन्साई पेन्ट्स नेपाल प्रालिले बजार विस्तारको क्रममा पोखरामा सुविधासम्पन्न अत्याधूनिक डिलर सञ्चालनमा ल्याएको छ । राजधानी काठमाडौंपछि विरगंजमा डिलर सञ्चालन गरिसकेको प्रालिले पोखरामा सोमवारदेखि सेवा विस्तार गरेको हो ।

पोखरामा सि जी अपूर्वाको नाममा डिलर सञ्चालनमा ल्याइएको छ । डिलरको एक कार्यक्रमका विच सार्क चेम्बर अफ कमर्सका सदस्य तथा विरगंज उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष अशोक बैद्यले उद्घाटन गर्नुभयो ।

कन्साई पेन्ट्स नेपाल कन्साई नेरोल्याक पन्ट्स लिमिटेडको शाखा कम्पनी हो । यसको स्वामित्व कन्साई पेन्ट्स कम्पनी जापानसँग रहेको कन्साई पेन्ट्स नेपालका कन्ट्री हेड मनोज मिश्रले जानकारी दिनुभयो । देशका प्रमुख शहरमा सेवा विस्तारको क्रममा पोखरामा डिलर सञ्चालनमा ल्याइएको उहाले बताउनुभयो ।

पोखराबाट पेन्ट्स सहित हार्डवयरका अन्य सामान समेत पाउन सकिने डिलरका सञ्चालक दिनेश प्रसाद चौधरीले बताउनुभयो । पोखरामा सिजी हार्डवयर प्रालि तथा नेपाल सालिमार कम्पनीसँगको सहकार्यमा डिलर सञ्चालन गरिएको हो ।

अपूर्वा नेपालका अध्यक्ष राजु गुप्ताले ग्राहकको चाहना अनुसार गुणस्तरिय सेवाको लागि सधै तयार रहेको प्रतिबद्धता जनाउनुभयो । कन्साई पेन्ट्सको चालु आर्थिक बर्षमा सबैभन्दा बढी विक्रिदर रहेको र आगामी दिनमा पनि सबैभन्दा उत्कृष्ट पेन्ट्सको रुपमा स्थापित गर्ने उहाले बताउनुभयो ।

Post Comment