म यो देसको ऊ हुँ
मेरो आँखा पनि छ
कान पनि छ
सुनेँ,
उपचार खर्चको बील देखेर
एउटा गरिब किशोरले आत्महत्या गरेछ, लाछी
डक्टरको अभावमा एउटी गर्भवती
चिच्याइचिच्याइ मरिछे
एउटा समाजसेवी डक्टर
उपचार खर्च नपाएर अल्पायुमै मरेछ ।
जीवन मर्नकै लागि त हो ।
तर म ऊ हुँ
अजम्मरी छु
यो देस ऊ हो मेरो
देसको ढुकुटी पनि ऊ हो
मैँले चाहेको बेला चाहेजति
ऊ गर्न पाउनुपर्छ
ऊ भुकेर के हुन्छ
ऊ हिँडिरहन्छ ।
किनकि म यो देसको ऊ हुँ ।
सुस्केरा