अम्मान, सिरियाली राष्ट्रपति बसर अल असदले भनेका छन् आतंकबाद विरुद्धको लडाइमा अमेरिकाको मद्धत लिन तयार छौ तर यदि नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाको बारेमा आफ्नो नीतिमा फेरबदल गर्छन् की गर्दैनन् त्यसमा सिरिया पर्ख र हेरको नीति अपनाउँछ ।
चुनावी अभियानको क्रममा डोनाल्ड ट्रम्पले इस्लामिक स्टेट जिहादी समुहलाई समाप्त पार्ने बताउँदै सिरियाली बिद्रोहीहरुलाई समर्थन गर्ने ओबामा प्रशासनको नीति विरुद्ध प्रश्न उठाएका थिए।
पोर्चुगली टेलिभिजनको एक अन्तर्वार्तामा सिरियाका राष्ट्रपति बसर अल असदले भने “अमेरिकी प्रशासनमा बराबर भुमिका निभाउने शक्तिको बारेमा डोनाल्ड ट्रम्पको सामु एक शक्ति खडा हुनेछ किनकि त्यहि शक्ति र लबिको बिचमा एक निर्णायक भुमिका निर्वाह हुन्छ । जसले कुनैपनि नव निर्वाचित अमेरिकी राष्ट्रपतिलाई प्रभाब पार्न सक्छ”।
उहाँले भन्नुभया,े “यो दुबिधाको अवलोकन अझैपनि हाम्रो लागि रहन्छ, डोनाल्ड ट्रम्पले आफ्नो चुनावमा गरेको प्रतिज्ञा पुरा गर्छन वा गर्दैनन् यहि कारणले नै हामी उनको बारेमा केहि पनि फैसला लिनु अगाडि धरै सर्तक छौ तर उनलाई यो भन्ने मौका दिनुपर्छ कि उनि पनि आतंकवादी विरुद्ध लड्न तयार छन् । यदि उनले यसो भनेमा हामी रुस इरान र अमेरिका एक राम्रो सहयोगि बनेर निस्कने छौ” ।