मंसिर ३। मोजाम्बिकमा पेट्रोलियम पदार्थले भरिएको एउटा टं्यांकर विस्फोट हुँदा ७० जनाभन्दा बढिको मृत्यृ भएको छ। अधिकारिहरुका अनुसार सो ट्यांकरबाट स्थानीयले इन्धन चोरी गरिरहेको अवस्थामा विस्फोट भएको हो ।
समाचार एजेन्सीका अनुसार दुर्घटना भएको सो ट्यांकरबाट स्थानीले इन्धन निकालिरहेको समयमा विष्फोट हुँदा कयौँ मानिस आगोमा जलेका थिए । विस्फोटमा एक सयभन्दा बढी मानिस घाइते भएको बताइएको छ। उक्त ट्यांकर बाएरा बन्दरगाहबाट पेट्रोल लिएर आउँदै गरेको अवस्थामा दुर्घटना भएको बताइन्छ ।