पोखरा- ४ मङ्शिर । पोखराको र्यान्डम रिडर्स सोसाइटी अफ नेपालमा बिभिन्न साहित्यिक कृतिहरु माथि बहस तथा छलफल हुने क्रममा यस पाली २०७२ सालको मदन पुरकार बिजेता रामलाल जोशीको “एना” कृति माथि छलफल, बहस, एबम अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । उक्त अबसरमा एना कृति माथि प्राडा बिष्णु प्रसाद पौडेलले समालोचना गर्नु भयको थियो भने बिभिन्न सहभागीहरुले एना बारे आफ्न जिज्ञासाहरु राख्नु भएको थियो।
लेखक रामलाल जोशी आँफैले ३ लाख खर्च गरी एनाको पहिलो सस्करण प्रकाशित गर्नु भयको थियो । र्यान्डम रिडर्स सोसाइटी अफ नेपालका अध्यक्ष उपेन्द्र पौडेलले रामलाल जोशी पुस्तककै कारण प्रसिद्धी कमाएको लेखक हुन भन्नु भयो । र्यान्डम रिडर्स सोसाइटी अफ नेपालका उपाध्यक्ष केशब शरण लामिछानेले कार्यक्रम चलाऊनु भयको थियो । कार्यक्रम पोखरा उध्योग बाणिज्यको अमृत कछ्यमा भयको थियो ।