जपानमा शक्तिशाली भुकम्प, दश फिट अग्लो सुनामी।

अन्तर्राष्ट्रिय समाचार

मंसिर ७ । जापानको उत्तर¬–पूर्वी तटमा भूकम्पको जोडदार धक्का महसुस भएसँगै फुकुशिमा परमाणु संयन्त्रको क्षेत्रमा सुनामीको दश फिट अग्लो छाल ठोकिएको छ । फुकुशिमाबाट ७० किलोमिटर टाढा ११ किलोमिटर गहिराइमा ६.९रेक्टर स्केलको भूकम्प आएको छ । सन् २०११ मा आएको सुनामीका कारण उक्त परमाणु संयन्त्र पूर्ण रुपमा क्षतिग्रस्त भएको थियो । आजको सुनामीले कुनै क्षति पुगेको खबर नआए पनि सुनामीको खतरा जारी रहेको बीबीसीले जनाएको छ।
भूकम्पका कारण फुकुशिमाको तेस्रो रिएक्टर कुलिंग सिस्टमले काम गर्न छोडेको जापानका क्याविनेटका मुख्य सचिव योशिहिदे सुगाले बताए । तर अहिलेसम्म तापक्रम बढ्ने संकेत देखिएको छैन । उनले स्थिति अध्ययनका लागि सरकारले एक टोली गठन गरेको जानकारी दिए । भूकम्पले गरेको भौतिक तथा मानवीय क्षतिको अहिलेसम्म कुनै विवरण आएको छैन । भूकम्पका कारण राजधानी टोकियो पनि प्रभावित भएको थियो। जापान मौसम विज्ञान एजेन्सीले भूकम्प स्थानिय समय अनुसार मंगलबार विहान ६ बजे आएको जनाएको छ ।
जापानको कुमामेटो प्रान्तमा अप्रिलमा आएको भूकम्पमा ५०जनाको मृत्यृ भएको थियो भने सन् २०११ मार्च ११ मा फुकुशिमामा भूकम्प र सुनामीका कारण १५८८२ भन्दा धेरैको मृत्यु भएको थियो। भूकम्पीय जोखिमको दृष्टिकोणले जापान दोस्रो स्थानमा पर्छ ।

Post Comment