‘इस बार एक मारोगे तो हम दश मारेंगे’

राजनीति

८ मंसिर । मधेसी मोर्चाका शीर्ष नेताहरूसँग प्रधानमन्त्री पुष्पकमल दाहालले गम्भीर वार्ता गरिरहेका बेला संघीय समाजवादी फोरम नेपालका उपमहासचिव एवम् निर्वाचित सांसद अभिषेक प्रताम शाहले मार्ने र मर्ने कुरा गरेर आफूतिर सबैको ध्यान केन्द्रित गर्ने प्रयास गरेका छन् ।सामाजिक सञ्जाल फेसबुकमा बुधबार बिहान करिव पौने दश बजे सांसद शाहले स्ट्याटस लेखेर‘इस बार एक मारोगे तो हम दश मारेंगे’भनेका छन् । उनले यी शब्दावली कुन उद्देश्य र प्रयोजनका लागि भनेका हुन् स्पष्ट खुलाइएको छैन । तर उनको लेखाइको भावनाले राम्रो संकेत नगर्ने सर्वसाधारणको बुझाइ छ ।सांसद जस्तो गरिमामय पदमा बसेर शाहले आफ्नो पदीय दायित्व र हैसियत भुलेको भनेर कठोर आलोचना समेत भइसकेको छ । पछिल्लो समय सांसद शाहलेकठोरपूर्ण स्ट्याटसहरू लेखेर राजनीतिको ध्यान आफूतिर तान्ने प्रयास गरिरहेका छन् ।तत्कालीन मधेसी जनअधिकार फोरम नेपालका तर्फबाट संविधान सभाको दोस्रो निर्वाचनमा कपिलवस्तु जिल्लाको क्षेत्र नम्बर ४ बाट शाह निर्वाचित भएका हुन् ।

20161123142822

Post Comment