ट्रम्पले गरेको आग्रह ब्रिटेनद्धारा अस्विकार।

अन्तर्राष्ट्रिय समाचार

८ मंसिर। नाइजेल फाराजलाई राजदुत बनाउन ट्रम्पले गरेको आग्रह ब्रिटेनद्धारा अस्विकार गरेको छ। अमेरिकाका लागि राजदुत पदमा कुनै भ्याकेन्सी छैन भन्दै ब्रिटेनले अस्विकार गरेको हो। ब्रिटेनले युके इन्डिपेन्डेस पार्टीका एक नेतालाई अमेरिकाका लागि ब्रिटिस राजदुत बनाउन ुपर्ने भनि अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको टिप्पणीलाई सिधै अस्विकार गरेको दि न्यू योर्क टाइम्सले जनाएको छ । ब्रिटेनको प्रधानमन्त्री कार्यलयले ट्रम्पको सिफारिस खारेज गर्दै अमेरिकाका लागि राजदुत पदमा कुनै भ्याकेन्सी नभएको र किम डरोच उत्कृष्ट राजदुत वाशिङटनमा कार्यरत रहेको स्पष्ट पारेको छ ।
ट्रम्पले सोमवार राती ट्वीट गर्दै ब्रिटेनका युरोपियन युनियनबाट छुट्टिने पक्षधर, आप्रबासन बिरोधि तथा ट्रम्पका कट्टर समर्थक राजनीतिज्ञ नाइजेल फाराजलाई ब्रिटेनले अमेरिकाको राजदुत नियुक्त गनुपर्ने सल्लाह दिएका थिए। नाइजेल फाराजले ट्रम्पको चुनाव प्रचार अभियानमा पनि उनको समर्थनमा भाषण गरेका थिए । राष्ट्रपतिमा निर्वाचित भएपछि नोभेम्बर १२ मा ट्रम्पले भेट्न पुगेका थिए । बेलायतमा उनी चर्को भाषण गर्ने नेताका रुपमा परिचित छन् ।

Post Comment