सदनमा छलफल जारी

सदनमा छलफल जारी
समाज

काठमाडौँ, १८ जेठ । व्यवस्थापिका–संसद्मा आव २०७३÷०७४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल आगामी बैठकमा पनि जारी रहनेछ ।

छलफलमा भाग लिने सदस्यको सूची बाँकी रहेकाले अर्काे बैठकमा छलफल हुने गरी सभामुख ओनसरी घर्तीले आजको बैठक स्थगन गर्नुभयो । संसद्को अर्काे बैठक बुधबार बिहान ११ बजे बस्नेछ ।