पूर्व प्रधानमन्त्री फ्रास्वाँ फियो राष्ट्रपतीय उम्मेदवार।

अन्तर्राष्ट्रिय समाचार

१३ मंसिर। फ्रान्समा आगमी वर्ष अप्रिलमा हुने राष्ट्रपतीय निर्वाचनका लागि पूर्व प्रधानमन्त्री फ्रास्वाँ फियो मध्यदक्षिणपन्थीहरुका उमेदवार चुनिएका छन्। पार्टी भित्र भएको चुनावमा उनले आफ्ना प्रतिद्वन्दी अर्का पूर्व प्रधानमन्त्री एलाँ जुपेलाई पराजित गरेका हुन।
सबै मतहरु गणना भईसक्दा फियोले ६७ प्रतिशत मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्दी पूर्व प्रधानमन्त्री जुपेले हार स्वीकार गर्दै राष्ट्रपति चुनावमा फियोलाई पुर्ण रुपमा सघाउने वाचा समेत गरेका छन्।
आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै फियोले आफू थप निष्पक्ष समाज बनाउन चाहेको बताउदै देशमा आमुल परिवर्तन ल्याउने वाचा पनि गरे। सम्बोधनकै क्रममा उनले भने “यदि फ्रन्सेली जनताले ममाथि विश्वास राख्छन् भने त्यसलाई सम्मान पुर्वक पालना गर्नुमेरो दायित्व हो। म परिस्थितीको गम्भिरता र देशको अपेक्षा बुझ्छु”।
२०१७ अप्रिल २३ मा हुने राष्ट्रपतीय चुनावमा कट्टर दक्षिणपन्थी उम्मेदवार मारि ल पेन र अर्का समाजवादी उम्मेदवारको सामना गर्नुपर्ने छ।

Post Comment