ओलिको सन्देश चित्रबहादुर केसिलाई

राजनीति

१३ मंसिर । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रहित विपरितको संविधान संशोधन प्रस्तावविरुद्ध आफ्नो अडान यथावत रहने बताएका छन् । युवा संघ नेपालद्धारा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले राष्ट्रिय र अखण्डतालाई धरापमा पार्ने संशोधन प्रस्तावमा एमालेले कुनै हालतमा घुँडा नटेक्ने स्पष्ट पारे । ‘राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको सवालमा एमालेले कुनै हालतमा घुँडा टेक्दैन्। म आश्वस्त पार्न चाहन्छु,’ उनले भने।

यसअघि संविधान संशोधनविरुद्ध सडकमा उत्रिदै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमालेमाथि ठूलो दबाब आउने र पार्टी फुटाल्ने खतरा पनि रहेको भन्दै कुनैहालतमा घुँडा नटेक्न आग्रह गरेका थिए ।‘आज देशको राष्ट्रियता, सार्वभौमता रअखण्डतामाथि सौदाबाजी गरेर सत्ताको रसास्वादन गर्नेहरुलाई गाह्रो पर्नेछ । नेपाली जनताले बुझिसकेका छन् । अहिले ल्याएको संविधान संशोधन प्रस्ताव दर्ता गर्नुहुन्न् । दर्ताभए पारित गर्नुहुन्न्,’ केसीले भनेकाथिए- ‘नेकपा एमालेले घुँडा टेक्नुहुन्न् । एमालेमाथि ठूलो दबाबआउनेछ । एमालेलाई फुटाल्ने पनि खतरा हुनसक्छ । त्यसकारण एमाले राष्ट्रियजनमोर्चा लगायतका देशभक्तहरु एकढिक्का भएर यो प्रस्तावलाई फेल गर्नुपर्छ ।’केसीको यस्तो आग्रहको जवाफमा अध्यक्ष ओलीले एमालेको ध्यान सत्तामा होइन् संक्रमणकाल टुंग्याउनतर्फ भएको भन्दै राष्ट्रियताको सवालमा एमालेले घुँडा नटेक्ने बताए । ‘म युवा साथीहरुलाई भन्न चाहन्छु ।

पार्टीगतर व्यक्तिगत स्वार्थका लागि राष्ट्रहित विपरित जाने प्रवृति छ । अहिले देशमा त्यस्तै देखिइरहेको छ । राष्ट्रियताको सवालमा तपाईहरु चनाखो हुनुस् ।’पूर्वप्रधानमन्त्री ओलीले संविधान संशोधनका नाममा देशलाई भौगोलिक अखण्डता र सार्वभौमसत्तामा आँच आउनेकुरा गरिएको आरोप लगाए । र यो एमालेलाई कदापी मान्य नहुने चेतावनीदिए ।

Post Comment