मनाङको उवा काठमाडौँमा बिक्री

अर्थ​

पोखरा, १८ जेठ । मनाङमा उत्पादन गरिएको उवा यस वर्ष काठमाडौँमा लगेर बिक्री गरिने भएको छ ।

नेपाल खाद्य संस्थान अञ्चल कार्यालयको पहलमा एक महिनापछि १०० क्विन्टल उवा मनाङबाट खरिद गरी काठमाडौँ पु¥याइने अञ्चल प्रबन्धक अम्बिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो । अहिले मनाङका कृषकले लगाएको उवाको खेतीबाली एक महिनाभित्र थन्काउन मिल्ने र बाली थन्काएपछि जिल्लाको माग भन्दा बढी भएको उवा बिक्रीका लागि काठमाडौँमा पठाइने बताइएको छ । मनाङमा उत्पादन भएको उवा निकै स्वादिष्ट तथा उच्च रक्तचाप, मधुमेहका रोगीका लागि खान उपयुक्त हुने बताइएको छ ।