आलेप्पो चिहानमा परिणत हुने खतरामा।

अन्तर्राष्ट्रिय समाचार

१६मंसिर। सिरियाको ऐतिहासिक शहर आलेप्पो चिहान बन्ने खतरा रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । सरकारी सुरक्षाकर्मीले आलेप्पोमा नियन्त्रण कायम गरेर बसेका इस्लामिक स्टेट सहितका बिद्रोही विरुद्ध कारवाही अभियान तीब्र पारेसँगै संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको हो।
अहिलेको अवस्था हेर्दा आलेप्पो एक ठूलो चिहानको रुपमा परिणत हुने खतरा रहेको संयुक्त राष्ट्रसंघका दूत स्टिफन ओ ब्रायनले बताउनुभयो । उहाँले मानवियतका लागि आलेप्पोका सर्वसाधरण नागरिकको सुरक्षा गर्न राष्ट्रसंघिय सुरक्षा परिषदसँग आग्रह गनुभएको छ।
सरकारी सुरक्षाकर्मीले बिद्रोही नियन्त्रित क्षेत्रमा गरेको पछिल्लो कारवाहीमा कम्तिमा ४५ जनाको ज्यान गएको छ। आइएस विरुद्ध लडिरहेका विपक्षी र सरकारी सेनाले अहिलेसम्म आलेप्पो दुई तिहाई भागमा नियन्त्रण कायम गरेका छन्। आलेप्पोमा मानवीय संकटको अवस्था रहेको र सुरक्षा परिषदले तत्काल यस विषयमा छलफल गर्नु पर्ने राष्ट्रसंघीय दूत ओ ब्रायनको भनाई छ ।

Post Comment