मंसिर १७, विहिवार राति १० बजेर र ३७ मिनेट जाँदा दार्चुलाबाट १५ किलोमिटर उत्तरपश्चिम भारतको भूभागमा केन्द्रविन्दू भएको ५.३ रिक्टर स्केलको भूकम्प गएको छ ।
भरतलाइ केन्द्रविन्दू बनाएको भूकम्पले नेपालको पश्चिम क्षेत्रमा समेत प्रभाव परेको भूकम्पमापन केन्द्र, सुर्खेतका टेक्निकल असिस्टेन्ट कपिल महर्जनले जानकारी दिए।
दार्चुला प्रहरी प्रमुख केदार खनालले अहिलेसम्म क्षतिको कुनै विवरण आएको छैन। सबै प्रहरी पोस्टलाई क्षतिको विवरण सङ्कलन गर्ने आग्रह गरिएको छ । भूकम्पको महसुस सुदूरपश्चिमका दार्चुलालगायत सबै जिल्लामा गरिएको थियो।