१८,मङ्सिर । अमेरिकी राष्ट्रपतिमा हालै निर्वाचित डोनाल्ड ट्रम्प र ताइवानी नेता सेइ यिङ–वेनबीच भएको फोनवार्ता ताइवानी नेता सेइको चालबाजी मात्र भएको भन्दै यसबाट चीनको अमेरिकासँगको सम्बन्धमा भिन्नता नआउने चीनको विदेश मन्त्रालयले जनाएको छ ।
शनिबार हङकङको फोनिक्स टेलीभिजनसँग कुरा गर्नुहँदै चीनका विदेशमन्त्री वाङ यीले भन्नुभयो, “फोनवार्ता ताइपेइको चालबाजीमात्र हो यसबाट एक चीन नीतिमा कुनै भिन्नता ल्याउन सम्भव छैन ।”
“मलाई लाग्दैन बर्षौदेखि अमेरिकी सरकारद्वारा महत्वदिइँदै आएको एक चीन नीतिमा फोनवार्ताले असर गर्नेछ,” चिनियाँ विदेशमन्त्री वाङलाई उद्धृत गर्दै फोनिक्स टेलीभिजनले जनाएको छ ।
एक चीन नीति बेइजिङ र वासिङटनबीचको स्वस्थ सम्बन्धको आधारशीला भएको र यसमा हामीले कुनै हस्तक्षेप गर्ने वा अचानक सम्वन्धमा अवरोध आउने सम्भावना रहने छैन ।