१, मंसिर । माओवादी केन्द्र र मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीबीच कुपन्डोलस्थित पार्टी कार्यालय प्रयोगका सम्बन्धमा विवाद बढेको छ ।
नेकपा–माओवादीबाट अलग भएर पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्रमा गएका रामबहादुर थापा पक्षधर कार्यकर्ताले कुपन्डोलस्थित पार्टीकार्यालय आफूहरूले प्रयोग गर्ने दाबी गरेपछि विवाद उत्पन्न भएको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ । पार्टी कार्यालय परिसरमा रहेको वैकुण्ठ–चेत स्मृति सांस्कृतिक कक्षको प्रयोग गर्ने विषयमा विवाद देखिएको हो ।
साता दिनअघि मात्र दाहाल पक्षधर कार्यकर्ताले कार्यालयको मूल ढोकामा ताला लगाए । लगत्तै वैद्य पक्षधरले तोडे ।दाहाल पक्षधर कार्यकर्ताले आफ्नो पार्टीको झन्डा निकालेको भन्दै पार्टी कार्यालयमा मगर राष्ट्रिय मुक्ति मोर्चाको बोर्डै ल्याएर राखे।
अहिले पार्टी कार्यालयमा नेकपा–माओवादी पार्टीको नेवाः राज्य कार्यालयसहित दुवै पार्टीको बोर्ड छ।