२० मंसिर इन्डोनेसियाको पूर्वी तटिय क्षेत्रमा सोमबार ६ म्याग्नेच्युटको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छैन भने क्षेति बारे हालसम्म कुनै बिबरण आएको छैन्।
इन्डोनेसियाको विपत व्यवस्थापन केन्द्रले भूकम्पकमे क्षतिबारे बुझिरहेको बताएको छ । समुद्रमा उक्त भूकम्पको केन्द्रविन्दु रहेको थिया। भूकम्पको केन्द्रविन्दु माउमेरेबाट करिब ११० किलोमिटर उत्तरपूर्व रहको थियो भने यसको गहिराई ५२२ किलोमिटर तल रहेको थियो।
भूकम्प विहान ९ बजेर २८ मिनेट जाँदा गएको थियो। इन्डोनेसिया प्यासिफिक रिग अफ फायर अन्तरगत पर्दछ त्यही भएर त्यस क्षेत्रमा समय–समयमा भूकम्प गइरहन्छ।