अर्बुदपीडित सञ्चारकर्मी परियारलाई आर्थिक सहयोग

समाज

तुलसीपुर (दाङ), १८ जेठ । दाङको राजपुर घर भई हाल भक्तपुरको क्यान्सर अस्पतालमा उपचार गराइरहनुभएका सञ्चारकर्मी तथा गायक छत्र परियारलाई गृहमन्त्रालय अन्तगर्तका विभिन्न तहमा कार्यरत कर्मचारीले रु २५ हजार सहयोग गरेका छन् ।

हाल गृहमन्त्रालय अन्तर्गत शाखा अधिकृतमा कार्यरत यज्ञबहादुर बुढाको सक्रियतामा सङ्कलन गरिएको सो रकम परियारलाई हस्तान्तरण गरिएको हो । उपचारमा सहयोग पुगोस् भनेर आफ्ना ४७ सहकर्मीबाट सङ्कलित रकम सोमबार अस्पतालमा पुगेर नै अधिकृत बुढाले क्यान्सरपीडित परियारलाई हस्तान्तरण गरिएको बताउनुभयो ।