भारत असल छिमेकी हो , नेपाल समृद्द भएको हर्ने चाहान्छ :- रातदुत रे

राजनीति

२२,मङ्सिर। नेपाली कांग्रेसका सभापतिशेरबहादुर देउवालाई नेपालका लागि भारतका राजदूत रन्जित रेले भेटी नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे चासो राखेकाछन् ।

देउवाको बुढानीलकण्ठस्थित निवासमा भएको भेटमा उनले संविधान संशोधन र कार्यान्वयनका बारेमा जिज्ञासा राखेका थिए ।रेले नेपालको शान्ति प्रक्रियामा भई रहेको प्रगतिबारे पनि सभापति देउवासँग चासो राखेका थिए ।
उनले असल छिमेकी भएकाले भारतले गर्दै आएको सहयोग जारी रहने भन्दै आफूहरुले समृद्ध नेपाल देख्न चाहेको बताएका थिए ।देउवाले भने नेपालका राजनीतिक दलहरुकै समझदारीमा संविधान कार्यान्वयन हुने विश्वासव्यक्त गरेका थिए ।

Post Comment