नगर स्वास्थ चौकीमा औषधीको अभाव

स्वास्थ्य

कास्की जिल्ला लेखनाथ नगरपालिका वडा १३ स्थीत नगर स्वास्थ चौकीमा सरकारी कोटाबाट आउने निशूल्क औषधी पूरै सकिएको स्वास्थ चौकीका ईन्चाज मिरा बस्नेतले बताएकी छन । उता स्वास्थ मन्त्रालयले भने सवै जिल्ला रकम निकासा पठाई सकिएको बताएको छ ।

जिल्ला जनस्वास्थमा औषधी माग गर्दा कास्की जनस्वास्थले पनि औषधी सकिएको भनी उपलव्ध नगराएको र मन्त्रालयले स्वास्थ चौकीका कर्मचारीको तलव भत्ताका लागी स्वास्थ मन्त्रालय लेखनाथ नगरपालिको खातामा एकमूठ्ठ रकम दाखा गरेको भयतापनी नगरपालिकाले चौकीका कर्मचारीलाई पूरा नदिएको हो। उनीहरुले आधा पेट खायर काम गरेका छन ।

स्टेशनरी डटपेन जस्ता सामाग्री आफै किनी काम चलाउदै आएका छन ।

Post Comment