२६मंसिर। लण्डनको बोकिङमा गएराती भएको सडक दुर्घटनामा ४९ वर्षिया नेपाली राधिका गुरुङको निधन भएको हो। लण्डनस्थित आर्नोल रोडमा बाटोमा हिँडिरहेकी गुरुङलाइ अर्को गाडीसँग ठोकिएर आएको गाडीले हान्दा निधन भएको प्रहरी ले बताएको छ। दुइवटा गाडी ठोकिँदा एउटागाडीले बाटोमा हिँडिरहेकी गुरुङलाई ठक्कर दिएको थियो। ८ बजेर ४५ मिनेट जाँदा वोकिङको मोनुमेण्ट रोडमा भएको स्थानिय प्रहरीले बताएको छ।
गरुङ सातौ गोरर्खा राइफल्सका पुर्व गोरखा सैनिक घर्मराज गरुङकी पत्नी भएको संखुवासभा समाज युकेले बताएको छ। गुरुङ काम सकेर घर फर्कदै गरेकी थिइन।