ब्यापार मेलामा, रेस्लिङले पोखरा ततायो (फोटो फिचर)

पर्यटन

“लगानीको सम्बर्धन, उद्योग व्यवसायको प्रबर्धन” भन्ने मूल नाराका साथ पोखरा उध्योग बाणिज्य संघको आयोजनामा मंसिर २३ देखी पुष ४ गते सम्म भईरहेको राष्ट्रिय औधौगिक ब्यापार मेला २०७३ मा यो वर्ष आर्कषणको रुपमा रेस्लिङ राखिएको थियो ।
img_3008

img_3024

img_3034
द हिमालयन टाइगर एसोसियसनले रेस्लरलाई पोखरा ल्याएर दर्शक समक्ष भिडन्त मच्चाएको थियो । नेपालका अन्तर्राष्ट्रिय स्तरका रेस्लरहरुले महोत्सवमा आइतबार र सोमबार साझ पोखरालाई रेस्लिङको मौहालले तताए । हिमालय टाइगर भरतबहादुर बिसुराल पनि रिङमा लडेका थिए ।
img_3042

img_3044
रेस्लिङको पहिले खेलमा ‘वारियर र (टंक श्रेष्ठ) मिस्टर यती’ ले आफ्नो खेल देखाए । जसमा वारीएरले बाजी मारे । यता दर्शकहरु आ-आफ्नो मन परेको खेलाडीको नाम लिदै हुटिङ्ग रीरहेका थिय ।
img_3062

img_3072
दोश्रो खेल स्क्रोपियन र अजींगरका बिच भयो । यि दुई रेस्लरहरुको रेस्लिङ हेर्दा भयानक युद्ध लडिरहे झै देखिन्थ्यो । स्क्रोपियन र अजींगर (राम महर्जन) वारीयर अजींगरका समर्थकहरु वरपर दर्शकदिर्घाबाट चिच्याइ चिच्याइ रेस्लरलाई जोस्याइरहेका थिय । यो खेलमा अजिङगरले जिते ।
img_3075

img_3083

img_3087
तेश्रो खेलमा नेपालको पहिलो महिला रेस्लर भगवती खड्का (युनिका) र नेपाली महिला रेस्लर तथा मोडल अस्मिता सुनार (जुरेली) भिड्ने भए । महिला रेस्लरहरु रिङमा भिडेको देखेर दर्शकहरु चिच्याएर कोकोहोलो मच्चाइरहेका थिय । लामो समयको भिडन्तको अन्तमा जुरेलीले यो खेल जितिन ।
img_3100

img_3139
अन्तिम म्याच दुई- दुई जान बिच भयो । जसमा एकातिर हिमालयन टाइगर र अजिङगर तथा अर्को ग्रुपमा यती र वारीएर बिच भिडन्त भयो । खेलको बिचमा यती र वारीएरले ग्रुपले अजिङगरलाई रिङबाटै नक आउट गरिदिए । अब रिङमा एक्ला हिमालयन टाइगर एकातिर भने अर्को तिर यती र वारीएर बिच लामै भिडन्त भाईरह्यो र अन्तमा वारीयरलाई हिमालयन टाइगरले नक आउट गर्न सफल भए भने यतीको टाउकोमा गमलाले हिर्काएर यतीलाई भुइमा सुताइदिय । यो खेलमा हिमायान टाइगरले खेल जिते ।
img_3176

img_3190

img_3203

img_3204
विश्वमा नै चर्चित रहेको रेस्लिङ खेललाई अन्तर्राष्ट्रियजगतमा नेपाललाई चिनाउन हिमालयन टाइगरका नामले चिनिने भरतबहादुर विसुरालाई खेलको अन्त्मा फुलको गुच्छाले सम्मान गरियो । रेस्लिङ खेल हेर्न केटाकेटी र बुढा-बुढी, युवा-युवती सबै उमेर समुहका ब्यक्तीहरुको बाक्लो सहभागीता रहेको थियो।
img_3215

img_3288

img_3299
उक्त रेस्लिङ खेलमा रेफ्री दिनेश कुँवर र गुणराज रुचाले रेफ्रीको भूमिका निर्वाह गर्नु भएको थियो ।
img_3312

img_3324

img_3328
रेस्लिङ खेलको समापन पछी जुरेलीले एउटा गीतमा न्रित्य पनि प्रस्तुत गरिन । महिला रेस्लर युनिका र जुरेली दुबइ नेपाली सिनेमामा पनि अभिनय गर्दै अाइरहेका छन । उनीहरु द्वारा अभिनित थुप्रै चलचित्रहरु रहेका छन ।
img_3337

img_3340
यस अघि पोखरामा २०१० र २०१२ मा पोखराको रंगशालामा रेस्लिङ खेलको आयोजना भईसकेको थियो । हिमालयन टाइगरका नामले चिनिने भरतबहादुर विसुराले पुन फेरी पोखरामा छिट्टै रेस्लिङको आयोजना गर्ने बताए ।
img_3350

img_3391

img_3396

Post Comment