पोखरा बिजयपुरखोला पुलबाट ट्रक खस्यो , एकको मृत्यु

समाज

२८,मंसिर । पोखराको चाउथे स्थित विजयपुर पुलबाट ट्रिपर खस्दा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । ग१ख ३७१८ नम्बरको ट्रिपर विजयपुर खोलाको पुलबाट तल खसेको हो ।ट्रिपरका चालकको घटनास्थल मै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

त्यसै गरि अर्का एक जनाको घाइते भएको उनको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ । उनीहरु दुबैको नाम ठेगना नखुलेकोप्रहरीको भनाई छ ।

Post Comment