उपर मुस्ताङमा ठूलो हिम पहिरो

समाज

पोखरा, ३ पुष । उपल्लो मुस्ताङको घमि गाविसको ढाकरमा बाढि आउदा क्षती पुगेको छ ।

घमीगाउँ भन्दा माथिबाट आएको भीषण बाढीले ढाकर गाउँमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।माथिबाट अचानक आएको हिमपहिरोले बाढीको रुप लिएको हो घटनास्थल पुगेका प्रहरी कृष्ण बानियाले बताए । उनले मानवीय नभएपनि भौतिक रुपमा क्षति पुगेको जानकारी दिए ।

खोलाले पुल बगाए पछि वडा नम्बर ८ र ९ का बासीन्दालाई वरपर गर्न समस्या परेको उनले बताए ।हिमपहिरो पछिको बाढिले ७ वटा काठे पुल र ४ वटा घट्ट बगाएको उनले जानकारी दिए ।

उनले बाढि ५ वटा घरमा समेत पसेको बताए । घर भित्र बाढि पसे पछि गर भित्र हिलैहिलै भएको बताए ।

Post Comment