एमाले निकट युवा संघ रुपन्देही जिल्ला अध्यक्षको गोलि हानी हत्या

जनसरोकार

४,पुस । नेकपा एमाले निकट युवा संघ नेपाल रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको अज्ञात समूहको गोली प्रहारबाट मृत्यु भएको छ ।

देवदह– ६ खैरेनी बजारमा सोमबार दिउँसो रातो पल्सर मोटरसाइकलमा चढेका दुईजना व्यक्तिले प्रहार गरेको गोली लागेर गम्भीर घाइते भएका तिवारीको उपचारका क्रममा देवदह मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

गोली प्रहार गरेलगत्तै अभियुक्त फरार भएका छन् । गोली हान्ने व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी बेलबहादुर पाण्डेका अनुसार तिवारीको छातिमा गोली लागेको थियो ।‘
थप उपचारका लागि काठमाडौंबाट हेलिकप्टर मगाइएको बेला अध्यक्ष तिवारीको देवदह मेडिकल कलेजमा उपचारका निधन भएको छ,’ युवा संघका केन्द्रीय उपाध्यक्ष राजु गुरुङले बताए ।

Post Comment