४ पौष। विद्रोहीको बलियो प्रभाव रहेको सिसियाको अलेप्पो सहरबाट केहीघन्टा विलम्ब भए तापनि सोमबार थप एक हजार भन्दा बढी व्यक्तिलाई त्यहाँबाट निकालिएको एक चिकित्सकले एएफपी समाचार समितिलाई जानकारी दिएका छन्।
अलेप्पो सहरमा फसेका व्यक्तिलाई उद्धार गर्ने टोलिका प्रमुख तथा चिकित्सक अहमद दबिसका अनुसार महिला र बालबालिकासहित करिब एक हजार दुई यस व्यक्ति अलेप्पोको पश्चिमी सहरमा गाडी चढ्नको लागि आइपुगेका छन्।
यद्यपि ‘द’ सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले विद्रोहीको कब्जामा रहेको अलेप्पोको उत्तर पश्चिम भागमा रहेका दुईवटा गाउँबाट करिब पाँच सय व्यक्तिलाई त्यहाँबाट सारिएको छ। वषैसम्म जारी लडाइपछि सिरियाली सरकारी पक्षले सिरियाको अलेप्पो सहरमा सम्पुर्ण भागमा नियन्त्रणमा लिएपछि सो सहरबाट हजारौँ स्थानीय बासिन्दा र विद्रोही पक्षका व्यक्तिले अलेप्पो छोड्ने क्रममा जारी रहेको छ।
सिरियामा सन् २०११ के मार्च महिनामा सुरु भएको जनआन्दोलन केहि समयपछि गृहयुद्धको कारण २०११ देखि हालसम्म मृत्यृ हुने व्यक्तिहरुको सङ्ख्या तीन लाख १२ हजार पुगेको बेलायतस्थित सिरियाली मानवअधिकारवादी संस्थाले हालै जनाएको छ।
सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सलेगत मङ्गरबार सावृजनिक गरेको तथ्याङकमा युद्धका कारण तीन लाख १२ हजार व्यक्तिको मृत्यृ भएको र यसमध्ये ९० हजार सर्वसाधारण रहेका छन्। यस द्वन्द्वको कारण लाखौँ व्यक्ति घाइते भएका छन्। भने, लाखौँ आफ्नो देश या विदेशका शरणर्थी जीवन बिताउन बाध्य छन्।