मुलुकमा संघीयताको अभ्यास गराउन खोजिए संगै प्राचीनकाल देखि मिलेर बसेको नेपाली समाज बिभाजनको दिशामा गएको छ । संघीयताकै कारणले संबिधान बन्न ८ बर्ष लाग्यो संबिधान सभाको चुनाव दुइचोटी गर्ने पर्यो यहि संघीयताकै कारण संबिधान कार्यान्वयन हुने सम्भावना क्षण बन्दै गएको छ ।
अझै मुलुकले सङ्क्रमण काल भोक्न पर्ने छ।हुनत संघीयताको भनेको के हो ? ७०%नेपालीको बुझेको पनि छैनन । बहुसंख्यक नेपालीलाई चाहिएको पनि छैन । फेरि एउटा खाले भ्रम पनि सिर्जना गरिएको छ संघीयता लागू भएपछि बिकासको मुहान फुट्छ बसी बसी खान पाइन्छ यो सबै गलत हुन।हिजो पन्चायतले हालेको जग बहुदलले भताभुङ पार्यो । बहुदल आएपछि बिकास हुन्छ भनियो तर बहुमुख्य पार्टीले बिकास होइन देश बिनास गर्यो । फेरि बहुदलले मात्र पुगेन संघीय लोकतान्त्रिक गणतन्त्र चाहियो । संघीयता लोकतान्त्रिक गणतन्त्र आएको नि १० बर्ष बिति सक्यो देशले कोल्टे फेर्छ भनेको विडम्बना उत्तानो पारेर सुताइयो ।
झगडाको बीउ अर्थात संघीयता भित्र्याइयो । संघीयताको नाममा बन्द हडताल चक्काजामले निरन्तरता पायो । हिमाल पहाड तराईलाई त्यही संघीयताले ध्रुवीकरण गर्यो ।नयाँ जातीय, क्षेत्रीय विभेद निम्तायो त्यही संघीयताको कारण भुकम्पले थल्लिएका नेपालीले नाकाबन्दी खेप्न पर्यो । परिवर्तन , संघीयता नयाँ नेपालको नाममा के के उपलब्धि भए तल दिईएको छ।
१) राष्ट्रियता कमजोर भयो स्वाभीमान लिलाम गरियो
राष्ट्रियता बलियो भयो भने राष्ट्र बलियो हुन्छ देश रह्यो भने हामी पनि रहन्छौ । संघीयताको विवादले छिमेकीले चलखेल गर्ने पाए नेपालको भुमी माथी गिद्दे नजर लाउने मौका दिइयो । यति मात्रै होइन दूतावासमा बोलाएर केही क्षेत्रीय दललाई आन्दोलन गर्नुस हामी साथ दिन्छौ सम्मको अभिव्यक्ति दिने मौका पाए । देश टुक्राउने तानाबाना बुन्ने अवस्था सिर्जना गरे पृथ्वीनारायण शाहले एकीकरण गरेको देश । महेन्द्रले बलियो परेको राष्ट्रियता छिमेकी देशको राष्ट्रपति भ्रमणमा लम्पसार परेर सार्वजनिक बिदा दिईयो त्यो पनि संघीयताकैको कुरा मिलाउन भ्रमण गराइयो।
२) साम्प्रदायिक हिंसा बिझारोपन
पहाडी र तराई समुदाय मिलेर बसेका थिए । तराई र पहाडलाई अलग गर्ने पुनसंरचनाले जिउदै मान्छे जलाइयो । कयौं गरिब बस्तीमा आगो लगाइयो । समुदाय ,समुदाय बिच नंग र मासुको सम्बन्धलाई चिसो पार्ने काम गर्यो ।एकता होइन अनेकता खोजियो कहिल्यै बिसो नहुन साम्प्रदायिक झगडाको बीउ संघीयताले रोप्यो ।
३) नयाँं द्वन्द जन्मायो
धेरैको आश थियो शान्ती प्रक्रिया टुङ्गी सकेपछि नेपालमा शान्ती छाउला देश बिकासको गतिमा जाला । तर ठिक बिपरित देश जलि रह्यो हत्या हिंसा देश मुठभेटमा गयो ।जनता, जनता भिडाउने काम भयो गृहयुद्धले निरंतरता पायो ।
४) आर्थिक भार
प्रत्यक्ष निर्वाचित संसद मात्र भएका भए थोरै जनप्रतिनिधि हुन्थे । गरिब देशलाई कम भार पर्थ्यो संसदीय बिकृती कम हुन्थ्यो । ती सभासदलाई दिने तलब भत्ता बिकास निर्माण लगाएको भए देशले मुहार फेर्थ्यो । त्यसैले संघीयता खारेज गरि पाँच बिकास क्षेत्रलाई पाँच प्रदेश बनाउन उत्तम बिकल्प हुन सक्छ ।