रुपन्देही अध्यक्ष तिवारी हत्याको बिरोध रातारात सडकमा उत्रियो युवा संघ ।

राजनीति

पोखरा ,४ पुस । युवा संघ रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्याको बिरोधमा युवा संघ कास्कीको आयोजनामा मोटरसाइकल र्याली सम्पन्न भएको छ । राती करिब ९ बजे एमाले पार्टी कार्यलय बाट निस्किएको र्यालिमा करिब ५०० जना सहभागी भएका थिए ।
र्यालिमा सहभागीहरुले हत्यारालाइ कारबाही गर , युवा संघ नेपाल जिन्दावाद , नागरिकलाई सुरक्षाको प्रत्याभुती गर , नालायल सरकार राजीनामा दे जस्ता नारा लगाएका थिए ।
र्याली नयाँबजार , महेन्द्रपुल , चिप्लेढुङा, न्युरोड हुँदै सभागृह चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
20161219221835
कोण सभालाइ सम्बोधन गर्दै युवा संघ गण्डकी अध्यक्ष नवराज ओझाले यो बिरोध साङ्केतिक मात्रै भएको बताउदै भोलि देखि अझ आक्रमक रुपमा प्रस्तुत हुने बताए ।हत्यारा जो सुकै होस् उनेल भने :- ‘२४ घण्टा भित्र हत्यारालाइ सार्बजनिक गरेर कारबाहीको दायारामा ल्याएन भने त्यसले ठूलो सङ्कट निम्त्याउने छ , सरकारले ठूलो चुकाउनु पर्नेछ ।
एमाले जिल्ला कमिटी सदस्य तथा युवा नेता दिलिप न्यौपानेले हत्या सुनियोजित भएको दाबी गरे । संसोधन प्रस्तावको बिरोधका कार्यक्रमको नेतृत्व गरिरहनु भएको थियो , न्यौपानेले भने:- हत्या त्यसैको बदलाका लागि सुनियोजित रुपमा गरिएको हुन सक्ने आशङ्का छ । उनले एमालेलाई कमजोर नठान्न सरकार र मधेसी मोर्चालाइ चेतावनी दिए ।

यस्तै केन्द्रिय कार्यक्रम अनुरुप भोलि दिउँसो युवा संघ कास्कीको आयोजनामा १ बजेदेखी २ बजे सम्म चक्काजामको घोषणा गरिएको युवा संघ कास्की अध्यक्ष बिष्णु पुनले जानकारी दिए ।

युवा संघका रुपन्देहीका अध्यक्ष तिवारीको सोमबार अपरान्ह करिब ३:३० बजे रुपन्देहीको देवदह नगरपालिका–६,खैरेनीमा हिँडिरहेको बेला मोटरसाइकलमा आएका दुईजनाले गोली हानी हत्या गरेका हुन् ।

Post Comment