बर्लिन-५,पुस । जर्मनीको राजधानी बर्लिनमा एक क्रिशमश बजारको भीडमा एउटा लरीले किचेर कम्तीमा नौ जना मारिएका छन् भने अन्य ५० जना घाइते भएका छन्।
प्रहरीले उक्त हमला सुनियोजित भएको बताएको छ।तर बर्लिनका आन्तरिक मामिला राज्यमन्त्रीले उक्त घटना दुर्घटना वा आक्रमण के हो अझै प्रष्ट नभइसकेको जनाएका छन्।
बिविसिका अनुसार प्रहरीले उक्त लरीमा सवार एक जना यात्रुको शव फेला परेको र लरी चालकलाई पक्राउ गरिएको बताएको छ।