अफ्रिकाबाट मानिस संसारभर कसरी फैलीए?

समाज सुचना-प्रबिधी

५पौष। संसारका कुना कुनामा विभिन्न जातिका मानिस छरिएका छन्। उनिहरुको भाष, संस्कृति र जीवनशैली फरक–फरक छन्। एकअर्कासँग अत्यन्त भिन्न पनि देखिन्छन्। तर वैज्ञानिक अनुसन्धानअनुसार उनीहरु हामीले सोचेजस्तो फरक छैनन्।
संसारभर छरिएका गैर–अफ्रिकी मानिस पनि ५० देखि ८० हजार वर्षअघि अफ्रिकाबाटै बसाइ सरेको एउटा मानव समुहका सन्तती भएको पछिल्लो अनुसन्धानको निष्कर्ष छ। संसारका विभिन्न स्थनका हजार मानिस डिएनए परीक्षणपश्चात वैज्ञानिकहरु उक्त्त निष्कर्षमा पुगेका हुन्। उक्त अनुसन्धान नेचर जर्नलमा केहि महिनाअघि प्रकाशित भएको थियो। अमेरिकाको “युनिभर्सिटी अफ हवाईले” निमार्ण गरेको एनिमेटेड भिडियोमा मानिस विगत १ लाख २५ हजार वर्षमा कसरि संसारभर छरिए भन्ने देखाउँछ।
यो भिडियो १ लाख २० हजार वर्षपहिले अरबियन पेनिनसुलामा बसेका मानिसका समुह देखिन्छन्। त्यसलाई पुरातात्विक अनुसन्धानले पुष्टि गरेको छ। अनुसन्धान अनुसार बसाइसराइका लागि हिँडेका ती समुहका अधिकांशको मृत्यु भयो र उनिहरुको जिन आधुनिक मानिसमा सर्न पाएन। तर लगभग ८० हजार वर्ष पहिले फेरि अफ्रिकाबाट बसाइसराइको निकै ठुलो लर्को लाग्यो । त्यसपछि मानिसहरु मध्यपुर्व र दक्षिण एसियातर्फ फैलिए।
हार्वर्ड विश्वविद्यालयका प्राध्यापक ड्याभिड रेइचक अनुसार संसारभर छरिएका आधुनिक मानवजातिका विभिन्न समुह र अफ्रिकाबाट त्यस समय बसाइसराइका निम्ति लर्को लाग्ने मानिसका जिन एकै प्रकारको पाइएको छ। यसबाट पुष्टि हुन्छ, संस्कृति र रुप रङ्गमा फरक देखिए पनि र विभिन्न स्थानमा छरिए पनि आधुनिक मानव जातिको पुर्खा अफ्रिकाबाट लगभग ८० हजार वर्ष पहिले बसाई सर्ने जातिको एउटै समूह हो। अफ्रिकामा मानव जातिका पुर्खा लगभग २ लाख वर्षपहिले विभिन्न टुक्रामा विभाजन हुन सुरु गरेको पनि प्राध्यापक रेइचर र उक्त रिसर्चमा संलग्न अनुसन्धानकर्ताले पत्ता लगाएका छन्।

Post Comment