अष्ट्रेलियामा पिआर पाउने सजिलो तरिका !

अन्तर्राष्ट्रिय समाचार

मेलबर्न । अष्ट्रेलिया अध्ययनका लागि आउने अधिकांश विदेशी विद्यार्थी पढाइ सकेपछि अष्ट्रेलियामै सेटल हुन चाहन्छन् । किनभने यहाँको उत्कृष्ट जीवनशैली र रोजगारको अवसरले उनीहरुलाई आकर्षित गरिरहेको हुन्छ ।

अष्ट्रेलियामा विद्यार्थी भिसामा आउने जोसुकैले निश्चित समय मात्र काम गर्ने अवसर पाउँछन् । त्यसैले पढाइ सकेपछि धेरै विद्यार्थीलाई यहाँको पीआर लिनु हतारो हुन्छ ।

किनभने पीआर पाइसकेपछि परिवार सहित अष्ट्रेलियामा बस्न र काम गर्न पाइन्छ । तर पीआर पाउन सबै विद्यार्थीलाई त्यति सहज भने छैन ।किनभने उनीहरुले अध्ययन गरिरहेको विषय र प्राप्त गरेको डिग्रीको ठूलो भूमिका रहन्छ । कुनै कुनै विषय र पेशा पीआर भिसाका लागि अयोग्य मानिन्छन् ।

यसै त अष्ट्रेलियाको शिक्षा निकै महँगो मानिन्छ, त्यसमाथि पीआरका लागि समेत अयोग्य भए त्यो झनै महँगो सावित हुन्छ ।त्यसैले अष्ट्रेलियाको पीआर लिन चाहने विदेशी विद्यार्थीहरुले अध्ययनपछि पीआर पाउन आवश्यक योग्यतार अष्ट्रेलियामा उच्च माग भएका पेशामा संलग्न हुन आवश्यक छ ।

अष्ट्रेलियाको सरकारले उच्च माग भएका विषय पेशाहरको सूची हरेक वर्ष सार्वजनिक गर्दछ । ती उच्च माग भएका पेशासाग सम्बन्धित विषयमा अष्ट्रेलियामा अध्ययन सकाएका विदेशी विद्यार्थीहरुले पीआर भिसा पाउने सम्भावना बढी रहन्छ ।तर अष्ट्रेलिया सरकारको उच्च माग हुने विषयहरु के के हुन् भन्ने कुरा केही विद्यार्थीहरुलाई थाहा नहुन पनि सक्छ ।
त्यसैले यहाँ केही त्यस्ता विषयका बारेमा चर्चा गर्दैछौं जुन विषयको अष्ट्रेलियामा सधैं उच्च माग हुँदै आएको छ । यी क्षेत्रमा काम,नाम र दाम सबै आकर्षक रुपमा उपलब्ध छन् ।
अष्ट्रेलियाको पीआर तुरन्तै पाइने ५ विषय
१ इञ्जिनियरिङ
२ एकाउन्टेन्सी
३ नर्सिङ
४ मेडिकल डाक्टर
५ डेन्टल डाक्टर

Post Comment