८,पुष । मधेसी मोर्चासहितको संघीय गठवन्धनले प्रमुख प्रतिपक्षी दल एमालेमाथि जातीय तथा सामाजिक सहिष्णुता भड्काउन उद्यत भएको आरोप लगाएको छ ।
गठवन्धनको बैठकले एमालेका पछिल्ल गतिविधिहरु प्रतिगमनकारी भएको ठहर गर्दै एमालेमाथी दवाव बढाउनुपर्ने निष्कर्ष निकालेको हो ।मोर्चाले एमालेको गतिविधिले राष्ट्रिय एकता कमजोर पार्ने र मुलुकलाई अनिश्चितकालीन गृहयुद्धतर्फ धकेल्ने जिकिर गरेको छ ।
बैठकपछीगठवन्धनका संयोजक उपेन्द्र यादवद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र जस्ता महत्वपूर्ण उपलब्धीहरुलाई धरापमा परी मुलुकलाई प्रतिगमनतर्फ धकेल्ने कार्य तत्काल बन्द गर्न आग्रह गर्छौं ।’गठवन्धनले तीन बुँदे सहमति अनुसार संविधान संशोधन प्रस्ताव परिर्माजन गरी संसदमा प्रक्रिया अघि बढाउन माग गरेको छ ।
बैठकले एकसाताभित्र काठमाडौंमा अन्तरक्रिया गर्ने र लगतै १० प्रदेशमा अन्तरक्रिया थरी आन्दोलनका लागि जनमत निर्माण गर्ने निर्णय समेत गरेको छ ।