मलेसियामा गाडी दुर्घटना १४ को मृत्यु।

अन्तर्राष्ट्रिय समाचार

९पौष। मलेसियाको क्वालालमपुरमा भएको दुर्घटनामा चालक सहित १४ जनाको मृत्यु भएको छ। मलेसियाको जोहोर बरुदेखि क्वालालमपुरतर्फ गईरहेको बस जोहोर राज्यको उत्तर दक्षिण द्रतमार्गमा स्थानिय समय अनुसार शुक्रबार विहान ४ बजे दुर्घटना भएको हो। दुर्घटनामा परि अन्य १६ जना घाइते भएको मलेसिसयाको सरकारि समचार संस्था बर्नामाले जनाएको छ। मृतकमध्ये १३ जनाको घटनास्थलमै मृत्यु भएको र अर्का एक जनाको अस्पताल पुगेपछि मृत घोषणा गरिएको अस्पतालका अधिकारीहरुले बताएका छन्।
क्रिसमसको पुर्वसन्ध्यामा भएको उत्त दुघटनाको कारण अहिलेसम्म खुल्न नसकेको र प्रारम्भीक विवरणहरुमा सडकको अवस्था राम्रो नै पाइएको जोहोर अग्नी नियन्त्रण तथा उद्धार विभागलेका निर्देशक मोहद युसुफ गुन्नोसले जानकारी दिनुभयो। म्लेसियामा लाखौँ मानिस क्रिसमसमाको तीन दिन विदामा कार लिएर विभिन्न ठाउँमा घुम्न जाने गर्दछन्। घाइते भएकाहरुमध्ये मलेसिया बाहेक सिङ्गापुर र म्यानमारका पनि रहेका बर्नामाले जनाएको छ।

Post Comment