१०,पुस । श्रीमती माइत गएको मौका पारी एक व्यक्तिले आफ्नै जवान अशक्त छोरीमाथि बलात्कार गरेका छन् । नौवस्ता–२ का ४५ वर्षीय ती बाबुले १९ वर्षीया छोरीलाई बलात्कार गरेका हुन् ।
पत्नी दैलेख माइतमा गएको बेला ती व्यक्तिले मदिरा सेवन गरी छोरीमाथि बलात्कार गरेको उजुरी परेको र बाबुले स्वीकार गरेको प्रहरीले जनाएको छ । प्रहरीले बिहीबार छोरीबाटै बलात्कार भएको उजुरी आएपछि छोरी बलात्कार गर्ने बाबुलाई पक्राउ गरी कारवाही थालेको हो ।
प्रहरीले ती बाबुमाथि हाडनाता जबर्जस्ती करणी मुद्धा दर्ता गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक रमेश अवस्थीले शुक्रबार अदालतमा म्याद थप भई अनुसन्धान भइरहेको बताए ।