जपानी प्रधानमन्त्रीको पर्ल हार्बरको भ्रमण ऐतिहासिकः ओबामा।

अन्तर्राष्ट्रिय समाचार

१३ पौष। अमेरिकी राष्ट्रपति बाराक ओबामा र जापानी प्रधानमन्त्री सिन्जो आबेले हवाई राज्यको पर्ल हार्बरको भ्रमण गरेका छन्। राष्ट्रपति बाराक ओबामाले जापनी प्रधानमन्त्री सिन्जा आबेको यो भ्रमणलाई ऐतिहासिक संकेत भएको यसबाट शत्ति पुनर्मिलनतर्फ गएको देखाएको बताएका छन्।
पर्ल हार्बरस्थित अमेरिकी नौ सेनाको केन्द्रमा आयोजित यस कार्यक्रममा जापानी प्रधानमन्त्री आबे र अमेरिकी राष्ट्रपति ओबामा एक साथ उपस्थित थिए। पर्ल हार्बरमा यसप्रकार एक साथ अमेरिकी र जापानी नेताहरुको भ्रमण यो पहिलोपटक हो। सन् १९४१ मा जापालने पर्ल हार्बलमा गरेको आक्रमणमा परि करिब दुई हजार तीन सय अमेरिकी सैनिकको मृत्युभएको थियो। प्रधानमन्त्री आबेले ७५ वर्षअघि आफ्ना मुलुकले आक्रमण गरेको सो स्थानकोभ्रमण गर्दैउक्त आक्रमणको क्रममा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।
भ्रमणको क्रममा प्रधानमन्त्री आबेले युद्धको त्रासदी अल कहिल्यै दोहोरिनुहुन्न भन्ने जापानी जनताले कसम खाएको बताएका छन्। जापानको यस आक्रमणपछि सन् १९४५ मा अमेरिकाले जापानी सहरहरु हिरोसिमा र नागासाकिमा आणविक आक्रमण गरेको थियो। सो आक्रमणमा डेढ लाख व्यक्ति मारिएको विश्वास गरिन्छ। यो सहरमा भ्रमण गर्ने पहिलो वाहालवाला राष्ट्रपति बाराक ओबामा हुन

Post Comment