मलाई डा. बाबुराम भट्टराई मनपर्छ :-नायिका करिश्मा मानन्धर

कुराकानी

नेपाली फिल्मी क्षेत्रकी सदाबहार नायिका हुन् करिश्मा मानन्धर । हाल फिल्मीबाट केहि टाढा हुदै राजनितिमा सक्रिय बन्दै गरेकि उनि नयाँ शक्ति नेपालमा आवद्ध छिन् ।पछिल्लो पटक फागु निर्माण गरेकि करिश्मा फिल्मको असफलता पछि राजनितिमा अग्रसर छिन् ।  उनै सदाबहार नायिक संग गरिएको छोटो कुराकानी :-

तपार्इंको सबैभन्दा महत्वपूर्ण उपलब्धि ?
नेपाली जनताको मन जितेँ । अहिलेसम्म उहाँहरुको मनमा छु,  एउटा कलाकारको रुपमा उहाँहरुले स्वीकार गर्नुभएको छ । अहिलेसम्म पनि हाम्रो करिष्मा भनेर उहाँहरुले स्वीकार गर्नुभएको छ । त्यो मलाई ठूलो उपलब्धि लाग्छ ।

 खुशी भनेको के हो ?

मान्छे बेखुशी हुने धेरै कारणहरु हुन्छन् । लोभ-लालच, इर्श्या, मोहजस्ता चिजहरु मनमा ल्याइएन भने मान्छे खुशी हुन्छ ।

सबैभन्दा पीडादायक क्षण ?

थुप्रै छ, तर म कुनै पनि दु:ख तथा सुखमा धेरै प्रतिक्रिया गर्दिनँ ।

तपाईंले सबभन्दा माया गर्ने मान्छे ?

बढी माया गर्ने मान्छे  छोरी कविता हो ।

तपाईंको अनुहारमा भएको मन नपर्ने कुरा ?

सबै मलाई मन पर्छ

कुन ठाउँ सबैभन्दा बढि मनपर्छ ?

मलाई पोखरा मन पर्छ ।

तपाईसँग भएको सबभन्दा मूल्यवान चिज ?

अहिलेसम्म स्वस्थ छु, कुनै पनि रोग लागेको छैन । त्यही नै जस्तो लाग्छ ।

तपाईंलाई मन पर्ने वर्तमान समयका व्यक्तित्व ?
मलाई बाराक ओबामा मनपर्छ । नेपालमा चाहीँ मलाई डा. बाबुराम भट्टराई मनपर्छ ।

मृत्यु कस्तो होस् जस्तो लाग्छ ?

मृत्यु अचानक होस् जस्तो लाग्छ ।

 

Post Comment