पेट्रोल,डिजल र मट्टीतेलको मुल्य बढ्यो

अर्थ​

४,पुष । नेपाल आयल निगमले इन्धनको मुल्य प्रतिलिटर साढे ४ रुपैया बढाएको छ । निगमले आइतबार राती १२ बजेदेखी लागु हुनेगरी मुल्य बढाएको हो ।

निगमका प्रवक्ता भानु खनालले भारतिय आयल निगम (आइओसी)ले पठाएको नयाँ मूल्यसूचि अनुसार प्रतिलिटर पेट्रोल, डिजेल र मटितेलमा ४ रुपैयाँ ५० बढाएको बताए ।

उनले‘नयाँ मूल्य आइतबार राति १२ बजेदेखि लागु हुने बताए ।नयाँ मूल्य लागु भएपछि प्रतिलिटर पेट्रोल १ सय १ रुपैयाँ ५० पैसा, डिजेल र मटितेल ७७ रुपैयाँ ५० पैसा पर्नेछ । यसअघि प्रतिलिटर पेट्रोलको मुल्य ९७ रुपैयाँ, डिजेल र मटितेल७३ रुपैयाँ थियो ।खनालका अनुसार आइओसीले खुद्रा मुल्य बढाएकाले यहाँ मूल्य बढेको हो ।

खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्यमा भने यथावत राखेको छ ।अन्तर्राष्ट्रिय बजारमा ग्यास र हवाई इन्धनको मूल्यमा वृद्धिनभएकाले मूल्य यथावत राखेको जनाएको छ ।

हाल खाना पकाउने एलपी ग्यासको प्रतिसिलिन्डर मूल्य १३ सय २५ रुपैयाँ छ ।

Post Comment