पवन महरा, धनगढी, १८ साउन । आन्तरिक राजस्व कार्यालय कैलालीका एक कर्मचारीले अबैधानिक तरिकाले लिएको रकम फिर्ता गरेका छन् । डोटी आर्दश गाँउपालिका २ का बिजय राज ओझाको रकम फिर्ता दिएका हुन । डोटीको सिलगढीमा नमादेव कुखुरा पालन फर्मका सञ्चालक ओझासंग अशुल गरेको बिल भन्दा बढी रकम कर कार्यालयका एक कर्मचारीले फिर्ता दिएका हुन् ।
आर्थिक वर्ष २०७०÷०७१ देखिको कर नबुझाएका ओझा कर कार्यालय पुगेका थिए । कर कार्यालय कैलालीका ना.सु मञ्जु विष्टलाई ओझाले आफ्नो जम्मा करको रकम सोधे । उहाँले १९ हजार ६ सय कर पुगेको बताएपछि ओझाले कृषि क्षेत्रको लगानीकर्ता भएको र आर्थिक आम्दानी राम्रो नभएको भन्दै करमा छुट गर्न राजस्व कार्यालयका कर्मचारीसंग माग गरे र कर्मचारी विष्टले त्यो मागको स्वीकार गर्ने आस्वासन दिए र साँझ आउन आग्रह गरे । विष्टको आग्रह अनुसार साझ कर कार्यालय पुग्नु भयो । उहाँले १४ हजार ६ सय नगद कर्मचारीलाई दिएको भएपनि ९ हजार १ सयको मात्र बिल पाएपछि यो हर्कत बाहिरिएको हो ।
५ हजार ४ सयको बेनाम भएपछि आफुले सोधेको र कर्मचारीले अहिले सम्मको पुरै कर चुक्ता भएको ओझाले बताए । ओझाले कर तिर्न आफुलाई कुनै संकोच नभएको बताउदै अब बाँकी रहेको ४ हजार २ सय २५ रुपया बाँकी रकम पनि तिर्न तयार रहेको बताए । एक जना कर दाताबाट ५ हजार ४ सय खाने कर्मचारीले सबै करदाताबाट कत्रो रकम असुले होलान् भन्ने पनि ओझाले गुनासो गरे ।
प्रमुख कर अधिकृत कृष्ण बोहराले कर कार्यलयका कर्मचारी मञ्जु विष्टले बैमानी गरेको स्वीकार गर्नु भएको छ । उहाँले कर्मचारी विष्टलाई कानुन अनुसार छान्बिन गरिने र कार्बाहि गरीने बताउनु भयो । ओझाले कर तिर्नका लागी दिएको रकम उहाँले दिनु पर्ने रकम भन्दा कम भएको बताउदै प्रमुख बोहराले बिल भन्दा बढी दिएको रकम दाखिला भैसकेको जानकारी समेत दिएका छन् ।