“अब पर्यटनबाट मात्र आर्थिक समृद्धी सम्भव”

“अब पर्यटनबाट मात्र आर्थिक समृद्धी सम्भव”
अर्थ​

विभिन्न राजनीतिक दलका नेताहरु मुलुकको आर्थिक समृद्धि पर्यटनबाट मात्र सम्भव हुनेमा सहमत देखिएका छन् ।

काठमाडौंमा गरिएको कार्यक्रममा उनीहरुले राजनीतिक दलले अब आर्थिक विकासका लागि पर्यटनलाई प्राथमिकतामा राख्नेमा जोड दिएका हुन् ।

नेपाली कांग्रेसका नेता डा.प्रकाशरण महतले राजनीतिसँगै आर्थिक विकासका लागि दलहरु सजग भएको बताए ।

उनले आर्थिक समृद्धिको लागि राजनीतिक स्थायित्व आवश्यक रहेको भन्दै समृद्ध मुलुकका लागि राजनीतिभन्दा आर्थिक विकास जरुरी भएकाले घोषणा पत्रमा नेपाली काँग्रेसले आर्थिक समृद्धिलाई प्राथमिकतामा राखेको बताए ।

एमालेका नेता सूर्य थापाले आफ्नो दलका एजेण्डा अब आर्थिक विकास भएकाले एमालेले पनि घोषणा पत्रमा पर्यटन क्षेत्रलाई प्राथमिकता दिएको बताए ।

पर्यटन क्षेत्रको विकासका लागि सरकार उदासीन रहेको भन्दै उनले पर्यटनलाई गति दिन सरकारलाई विशेष नीति बनाउन सुझाव दिए ।

माओवादी केन्द्रका नेता लीलामणी पोखरेलले आर्थिक परिर्वतनका लागि नेताहरु राजनीतिभन्दा माथि उठ्न जरुरी रहेको बताए ।

पर्यटन व्यवसायीले भने आर्थिक परिर्वतन पर्यटनबाट सम्भव भए पनि सरकार योजनाविहीन बन्दा आशातित प्रतिफल प्राप्त नभएको बताएका थिए ।

Post Comment