भट्टको कम्पनीलाई बोइङ खरिद गर्न ४५ दिनको म्याद दिइयो

भट्टको कम्पनीलाई बोइङ खरिद गर्न ४५ दिनको म्याद दिइयो
अर्थ​

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टको कम्पनीलाई नेपाल वायुसेवा निगमले लिलामीमा राखेको बोइङ खरिद गर्न ४५ दिनको म्याद दिएको छ ।

भट्ट नेतृत्वको बीबी एयरवेजले वायु सेवा निगमको ७५७ बोइङ खरिदको लागी आधा पैसा बुझाइसकेको छ । भट्टको कम्पनी र वायु सेवा निगमबीच जहाज किन्ने विषयमा छलफल भएपनि सम्झौता भने अघि बढ्न सकेको थिएन् ।

निगमले एक हप्ता म्याद दिएर सुचना निकालेपछि बल्ल बीबी एयरवेजले ४५ दिन भित्र सबै रकम बुझाउने सहमती भएको छ । नेपाल वायु सेवा निगमका प्रवक्ता रबिन्द्र श्रेष्ठले वायु सेवा निगम र बीबी एयरवीच सम्झौता भएको पुष्टि गरे ।

वायु सेवा निगमले उक्त वोइङको मुल्य १५ करोड १८ हजार तोकेको छ । निगमसंग भएको सम्झौताअनुसार भट्टको कम्पनीले १३ करोड ६८ लाख बुझाउनुपर्ने देखिन्छ ।

बीबी यएरवेजले किन्न लागेको नेपाल एयरलाइन्सको विमान दुईवर्षदेखी ग्राउन्डेड भएर थन्किएको छ । उक्त विमानले ८६ हजार चार सय १० घण्टा उडान भरिसकेको निगम स्रोतले जानकारी दियो ।

केही दिन अघि मात्र भट्टले कांग्रेस नेतृ समेत रहेकी प्रधानमन्त्री पत्नी आरजु देउवालाई धनगढीमा घर किनिदिएको चर्चा चलेको थियो । बीबी एयरवेजले संचालनमा आएको केही समय धाटा लागेर बन्द भएको थियो ।

वायु सेवा निगमको पुरानो जहाज यात्रु बोक्न प्रयोग गर्ने हो या काग्रोको रुपमा उपयोग गर्ने भन्ने बारेमा भने बीबी एयरवेजले कुनै जानकारी दिएको छैन् । उक्त जहाज संचालनमा आउन मात्र करोडौ रुपैया खर्च हुनेछ ।

Post Comment