विश्वका धनी शहरको सूचीमा अमेरिकाको न्यूयोर्क पहिलो स्थानमा परेको छ ।
न्यू वल्र्ड वेल्थले रिपोर्टले विश्वका धनी १५ शहरको सूची सार्वजनिक गरेकोमा न्यूयोक पहिलो नम्बरमा परेको हो ।
यसैगरी बेलायतको लण्डन दोस्रो, जापानको टोकियो तेस्रो र अमेरिकाको सनफ्रान्सिस्को चौथो नम्बरमा छन् ।
पाँचौं र छैठौं नम्बरमा क्रमशः चीनको बेइजिङ र सांघाई परेका छन् । भारतको मुम्बई पनि विश्वको धनी शहरको सूचीमा १२ औं स्थान परेको छ ।
सबैभन्दा धनी देशको सूचीमा भारत छैठौं स्थानमा छ । भारतमा ८ हजार २३० बिलियन डलर सम्पत्ति छ ।
शहरको कूल सम्पत्तिको गणनामा शहरमा बस्ने व्यक्तिको निजी सम्पत्ति मात्र गणना गरिएको छ ।
व्यक्तिहरुको जग्गा, नगद, शेयरलगायतलाई हेरेर सम्पत्तिको मूल्यांकन गरिएको हो । सरकारी कोषको गणना भने यसमा गरिएको छैन ।