रियालीटी टिभी स्टार काइली जेनरले स्नापच्याटको स्टक मार्केट मुल्य १.३ अर्ब अमेरीकी डलर घटाइदिएकी छिन् । उनले एक ट्वीट गर्दै आगामी दिनमा स्नापच्याट म्यासेजिङ्ग एप प्रयोग नगर्ने बताएकी थिइन ।
सेलेब्रिटी किम कार्दासियनकी सौतेनी बहिनीले आफ्नो ट्वीटमा लेखेकी थिइन् ः “के थप मान्छेहरुले स्नापच्याट खोल्न छाडेका हुन् ? कि के यसो गर्ने म मात्र हुं… उफ कस्तो दुःख लाग्दो ।”
जेनरको ट्वीट स्नापच्याटको डिजाइनमा गरिएको परिवर्तन तर्फ लक्षित थियो । जेनरको ट्वीटपछि स्न्यापच्याटको शेयरमा भारी गिरावट आएको थियो । उनलाई ट्वीटरमा २ करोड ४५ लाख प्रयोगकर्ताहरुले पछ्याउँछन् ।
स्न्यापच्याटले गरेको परिवर्तन उल्टाएर पहिलेकै अवस्थामा ल्याउन केही अघि दश लाख मानिसहरुले एक निवेदनपत्रमा हस्ताक्षर गरेका थिए ।
वालस्ट्रीटमा रहेको स्न्यापच्याटको शेयरमा ८% सम्म गिरावट आइसकेपछि ६% मा यो बन्द भएको थियो । अहिले स्न्यापच्याटको शेयर मुल्य १७ अमेरीकी डलरको नजिक पुगेको छ । यो भनेको स्टक मार्केटमा सुचिकृत हुनेबेला यसको जारी भएको मुल्य हो ।
स्न्यापच्याटले फेसबुकको इन्स्टाग्रामबाट उग्रप्रतिस्पर्धा सामना गरिरहेको छ, विशेष सेलिब्रिटी प्रयोगकर्ताहरुको प्रयोगमा ।
जेनरको सो भनाई त्यो समय आएको हो जब लगानीकर्ताहरुमाझ कम्पनीलाई लिएर चिन्ता बढ्न थालेको छ ।
जेनरले पछि अर्को ट्विट गर्दै लेखिन ः“तिमीलाई अझै मन पराउछु स्न्याप…मेरो पहिलो प्रेम।”
sooo does anyone else not open Snapchat anymore? Or is it just me… ugh this is so sad.
— Kylie Jenner (@KylieJenner) February 21, 2018
https://platform.twitter.com/widgets.js
स्न्यापच्याटले नोभेम्बरमा गरेको पुनः डिजाइनपछि भएको गुनासोहरु बेवास्ता गरेको छ । यसका प्रमुख इभान स्पिगेलले यो महिना प्रयोगकर्तालाई केही समयमा परिवर्तनको बानी लाग्ने बताएको छ ।
स्पिगेललाई शेयरको गिरावटले दिएको झट्का कम गर्ने खबर पनि छ । उनले अघिल्लो वर्षको कमाई ६३ करोड ७८ लाख अमेरीकी डलर रहेको खबर आएको छ ।
यो कुनै कम्पनीको प्रमुख कार्यकारीले प्राप्त गरेको तेस्रो सबैभन्दा ठूलो वार्षिक कमाइ मानिएको छ । उनी हेड्ज फण्ड ओक–जीफ पुँजी व्यवस्थापनका प्रमुख ड्यानियल ओकले सन् २००७ र २००८ ले प्राप्त गरेको पारिश्रमिक पछ्याइरहेका छन् । ओकले सन् २००७ मा ९१ करोड ८९ लाख अमेरीकी डलर र सन् २००८ मा १ अर्ब १९ करोड अमेरीकी डलर बार्षिक कमाई गरेका थिए ।
उनको यो कमाईमा कम्पनी स्टक मार्केटमा सूचिकृत भएपछि प्राप्त गरेको शेयरको उलेख्निय हिस्सा रहेको छ । अन्यथा स्पिगेलको मुख्य तलब भने ९८,०७८ अमेरीकी डलर मात्र हो ।