एनआरएनए अध्यक्ष भट्टको निर्णय बिरुद्ध नेपाली कामदारहरूले उजुरी दिने

एनआरएनए अध्यक्ष भट्टको निर्णय बिरुद्ध नेपाली कामदारहरूले उजुरी दिने
अर्थ​

गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टको जापान रहेको कम्पनी टिबिआई जापानले त्यसमा कार्यरत नेपाली कर्मचारीलाई निकाल्ने निर्णय गरेको छ ।

शुक्रवार बसेको नेपाली र टिबिआई जापानका प्रतिनिहरू सम्मिलित बैठकबाट नेपालीहरूलाई जुलाई महिनाभित्र काम छोड्न निर्देशन दिइएको छ । जुन निर्णय त्यहा कार्यरत नेपालीहरूले असहमति जनाएका छन् ।

लामो समयदेखि काम गर्दै आएका नेपालीहरू कम्पनीको यो निर्णयको विपक्ष भएकाले कानूनी लडाइँ लड्ने निर्णय पनि गरेका छन् ।कम्पनीको निर्णयमा असहमति जनाएका कामदारले अध्यक्ष भट्टलाई फोन गरी जानकारी गराएका छन् ।

भट्ट र कामदारहरूबीच भएको बैठकमा भट्टले कम्पनीले सहि निर्णय गरेकाले कम्पनीको निर्णय नै आधिकारी निर्णय रहेको प्रतिक्रिया दिएका छन् ।

अध्यक्ष भट्टको ठाडो जवाफसँगै आशावादी भएका नेपालीहरू निराश बन्न बाध्य भएका छन् । यो निर्णयले नेपालीहरूले जापानको श्रममा गएर उजुरी दिने निर्णय पनि गरेका छन् ।

कम्पनीले कुनै गल्ती बेगर जापानमा कामदार निकाल्दा जापनमा कर्मचारी बेखुसी भएमा श्रममा उजुरी दिने गर्दछन् । जापानमा श्रमसम्बन्धी कानून कडा भएकाले नेपालीहरू केही आशावादी देखिएका छन् ।

Post Comment