अमेरिकाको ट्रम्प प्रशासनले इरानको केन्द्रीय बैंकका प्रमुखलाई वैश्विक आतंकवादी संज्ञा दिँदै उनीमाथि आर्थिक प्रतिबन्ध लगाएको छ ।
इरानलाई विश्वको आर्थिक प्रणालीबाट अलग्याउने अमेरिकाको उद्देश्य यसबाट झल्किएको छ । अमेरिकाको अर्थ मन्त्रालयले इरानको केन्द्रीय बैंकका गभर्नर वालियोल्ला शेफमाथि इरानसमर्थित आतंकवादी संगठन हिज्बुल्लालाई लाखौं डलर दिएको आरोप लगाएको छ ।
अर्थ मन्त्रालयका सचिव स्टिभन मिहनूशीलले शेफलाई आतंकवादी घोषित गरिएको बताए । शेफमाथि अन्य प्रतिबन्ध पनि लगाइएको अमेरिकी प्रशासन बताउँछ । यसको अर्थ शेफसँग कारोबार गर्ने जोकोहीलाई अमेरिकी आर्थिक प्रणालीबाट बाहिर निकालिनेछ ।