‘नि:शुल्क भिसा तथा हवाई टिकट’ हेरफेर गर्न सुझाव

‘नि:शुल्क भिसा तथा हवाई टिकट’  हेरफेर गर्न सुझाव
अर्थ​

श्रम मन्त्रालयका अधिकारीहरूले वैदेशिक रोजगारीमा जाने कामदारको हितको लागि भनी ल्याइएको ‘नि:शुल्क भिसा तथा हवाई टिकट’ सम्बन्धी व्यवस्था पुनरावलोकन गर्न सकिने बताएका छन्।

राम्रो पारिश्रमिक पाउने विदेशी कम्पनीमा रोजगारी मिलाउने म्यानपावर कम्पनीहरूले पाइरहेको १० हजार रुपैयाँलाई थप बढाउन सके यसले हाल आइरहेको रकम अर्थात रेमिट्यान्स वृद्धि गर्न मद्दत मिल्ने राष्ट्र ब्याङ्कको एक अध्ययनले सुझाएको छ।

त्यसैले उसले उक्त नीतिलाई पुनरावलोकन गर्न सुझाव दिएको थियो।

तर वैदेशिक रोजगार क्षेत्रका विज्ञहरूले भने अनेक प्रयास गरेर लागु गरिएको व्यवस्थालाई परिवर्तन गर्न नहुने बताएका छन्।

‘नि:शुल्क भिसा तथा हवाई टिकट’ नीति अनुसार म्यानपावर कम्पनीहरूले कामदारहरू बाट अधिकतम १० हजार रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था छ।

तर वैदेशिक रोजगार कम्पनीहरुले घुमाउरो तरिकाले त्यो भन्दा निकै धेरै रकम लिने गरेको गुनासो कामदारहरूले गर्ने गरेका छन्।

Post Comment