तपाईको पैसा काटियो, तर एटीएमबाट पैसा झरेन ? अब बैंकले ब्याजसहित फिर्ता गर्छ !

तपाईको पैसा काटियो, तर एटीएमबाट पैसा झरेन ? अब बैंकले ब्याजसहित फिर्ता गर्छ !
अर्थ​

एटीएम मेसिनमा कार्ड घुसाएर नगद माग गरेपछि कहिलेकाँही नगद रकम भुक्तानी भएको स्लिप मेसिनबाट आउने तर नगद नआउने समस्या हुन्छ ।

पैसा नै नझर्ने तर बैंकको खाताबाट पैसा घटेपछि ग्राहक बैंक धाउने, सीसीटीभी हेर्ने लगायतका झन्झटमा परिरहेका हुन्छन् । कतिपय बैंकले त ‘हाम्रो सिस्टममा एटीएमबाट पैसा भुक्तानी भएको देखिएको छ’ भन्दै महिनौंसम्म ग्राहकको खातामा पैसा नहाल्दिने गरेका घटना पनि आइरहेका हुन्छन् ।

तर अब भने खातामा पैसा काटिएको देखाउने तर एटीयमबाट पैसा नझरेको रकमको ग्राहकले व्याजसहित भुक्तानी पाउने भएका छन् । बुधबार सार्वजनिक भएको मौद्रिक नीतिले एटीएमबाट पैसा निकाल्दा कारोबार सफल नहुने तर खाताबाट पैसा काटिएपछि तत्कालै बैंकले भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको छ ।

यदी बैंकले निश्चित समयसम्म पैसा खातामा जम्मा नगरिदिएमा कारोबार सफल नभएको तर खाताबाट काटिएको पैसाको ब्याज ग्राहकलाई दिनुपर्नेछ । निश्चित समयसम्म कारोबार सफल भएको देखिएर खाताबाट पैसा काटिएको तर एटीएमबाट नगद नझरेको रकम बैंकले खातामा जम्मा नगरेमा व्याज तिर्नुपर्ने व्यवस्था मौद्रिक नीतिमा उल्लेख छ ।

Post Comment